Comments Add Comment

गांगुलीको पहिलो र अन्तिम खेलमा ननस्ट्राइकमा थिए सचिन

१५ चैत, काठमाडौं । सचिन तेन्दुलकर र सौरभ गांगुली भारतका दुई उत्कृष्ट क्रिकेटरहरु हुन् । क्रिकेट खेल खेल्नेमध्ये यी दुईको ओपनिङ जोडी खुबै जमेको थियो । अझ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा दुबैले कीर्तिमानी उदाहरण देखाए ।

दुई जनाले एक सय ३६ एक दिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता (ओडीआई) खेलमा ओपनिङ ब्याटिङ गरेका थिए । जसमा ४८ भन्दा माथिको औसतमा ६ हजार ६०९ रन बनाए । त्यसमा पनि २१ वटा शतकीय साझेदारी थियो भने २३ अर्धशतकीय साझेदारी थियो ।

उनीहरुको साझेदारी खेल जीवनमा मात्र सीमित भएन । अहिले पनि दुबै जना नजिकका साथीहरुको सम्पर्कमा छन् । यी दुईबीच एउटा रमाइलो तथ्य छ । जुन धेरैलाई थाहा नहुनसक्छ । त्यो के भने गांगुलीको पहिलो र अन्तिम अन्तर्राष्ट्रिय खेलमा तिनै सचिन ननस्ट्राइकर एन्डमा थिए ।

गांगुलीले ११ जुन १९९२ मा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा डेब्यु गरेका हुन् । त्यतिबला सचिन ननस्ट्राइक तर्फ थिए । उक्त खेलमा गांगुली छैटौं नम्बरमा ब्याटिङ गर्न गएका थिए र उनले आउट हुनुअघि तीन रन मात्र बनाउन सके ।

यस्तै, गांगुलीले आफ्नो अन्तिम खेल २००८ मा खेलेका थिए । अष्ट्रेलियाविरुद्ध नागपुरमा भएको टेष्ट क्रिकेमा गांगुली पहिलो इनिङ्समा ब्याटिङ गर्न जाँदा सचिन क्रिजमा थिए । यस्तै, दोस्रो इनिङ्समा ब्याटिङ गर्न जाँदा पनि सचिन नै क्रिजमा थिए ।

गांगुलीले भारतका लागि ११३ टेष्ट र ३११ ओडीआई खेल खेले । उनले टेष्टमा सात हजार दुई सय २१ र ओडीआईमा ११ हजार तीन सय ६३ रन बनाए ।

यस्तै, मास्टर ब्लास्टर्स सचिन तेन्दुलकरले भारतका लागि दुई सय टेष्ट,  चार सय ६३ ओडीआई र एक टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेले । सचिनले टेष्टमा १५ हजार नौ सय २१, ओडीआईमा १८ हजार चार सय २६ र टी २० मा १० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment