Comments Add Comment

भारतमा संक्रमितको संख्या एक हजार नाघ्यो

१६ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ ।

भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ । यससँगै भारतमा भाइरसको कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको हो । अहिलेसम्म यो भाइरसको संक्रमण भारतको २७ प्रान्तमा देखिएको छ । महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रान्त बनेको छ । अहिलेसम्म यो प्रान्तमा १८६ संक्रमित देखिएका छन् । दोस्रो बढी प्रभावित प्रान्त केरलामा १८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भाइरसको कारण महाराष्ट्रमा अहिलेसम्म ६ जनाको मृत्यु  भइसकेको छ । त्यस्तै गुजरातमा ४ र कर्नाटकमा अहिलेसम्म ३ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment