Comments Add Comment

चौथो संक्रमितसँगै १९३ जनाले गरेका थिए हवाई यात्रा

१५ चैत, काठमाडौं । कारोना भाइरस (कोरोना–१९) संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुषले दिल्लीबाट काठमाडौं हुँदै नेपालगञ्ज पुग्दा १९३ जनासँग हवाई यात्रा परेको पाइएको छ ।

धनगढीका उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका उनी भोलिपल्ट काठमाडौं आएका थिए । काठमाडौं आएको भोलिपल्ट बुद्ध एयरबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका थिए । ११ गते सेती प्रादेशिक अस्पताल पुगेका उनमा संक्रमण देखिएको रिपोर्ट शुक्रबार आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनी दिल्लीबाट काठमाडौं विस्तारा एयरको यूके १५५ विमानबाट काठमाडौं आएका थिए । त्रिभुवन विमानस्थल स्रोतका अनुसार यो फ्लाइटमा उनीसहित १३० यात्रु दिल्लीबाट काठमाडौं आएका थिए ।

यात्रुहरुको विवरण अध्यागमन विभागले प्रहरीलाई पठाएको छ ।

यस्तै काठमाडौंबाट नेपालगञ्ज पुग्न उनले बुद्ध एयरको विमान प्रयोग गरेका थिए । उनी सवार फ्लाइटमा कुल ६५ जना यात्रु रहेको विमानस्थल स्रोतले बताएको छ ।

उनीहरुको विवरण पनि प्रहरीले पाएको छ । अब दिल्लीबाट काठमाडौं र काठमाडौंबाट नेपालगञ्ज पुग्दा उनीसँगै यात्रा गरेका कुल १९३ जनाको खोजी गर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस कोरोना संक्रमित युवकको पीडा : न चिकित्सक हेर्न आए, न तातोपानी नै दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment