+
+
Shares

गोरखामा पनि छरियो डिसइन्फेक्सन स्प्रे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १८:४३

५ चैत, गोरखा । कोरोना भाइरसको संक्रमण रोक्न गोरखा सदरमुकाम क्षेत्रमा डिस इन्फेक्सन स्प्रे  (क्लोरिन झोल) छरिएको छ ।

बजार क्षेत्रलाई लक्षित गर्दै क्लोरिन पाउडरमा पानी मिसाएर गोरखा नगरपालिकाले शनिवारदेखि छर्कन शुरु गरेको हो ।

खोलखोले, हरमटारी, बसपार्क, ठुलोआँगन, अस्पतालचोकलगायतका क्षेत्रमा किटाणुनाशक स्प्रे छर्किएको नगर प्रमुख राजनराज पन्तले बताए । ‘नगरपालिका भित्र रहेको वजार क्षेत्र र बाक्लो वस्ती भएको सबै एरियामा छर्कन्छौं,’ उनले भने, ‘आज यहाँ छर्‍यौं, भोलिबाट बाँकी अन्य ठाउँ समेटिन्छन् ।’

शनिबार दिउँसो तीन बजेपश्चात खोलखोलेबाट किटाणुनाशक औषधि छर्कन शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

‘एक/एक हजार लिटरको दुइ वटा ट्याङ्कीमा क्लोरिन पाउडर र पानी मिसाएर टिपरमा राखेका छौं, त्यसैलाई बजार क्षेत्रमा छर्कदै हिँडेका हौं ।’ सडक, फुटपाथ, पोल, रेलिङ लगायतका ठाउँमा क्लोरिन झोल छर्किएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?