Comments Add Comment

वागमती प्रदेशमा ३ सय ३७ आइसोलेसन वेड

१५ चैत, हेटौंडा । स्थानीय तहसँगको सहकार्यमा वागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन वेड तयार पारेको छ ।

सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका स्थानीय तहमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार पारेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र उपचारका लागि उच्च सर्तकताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री युवराज दुलालले बताए । सरकारले पहिलो चरणमा हेटौंडा, चितवन, भक्तपुरमा आइसोलेसन वेड तयार पारेको उनको भनाइ छ ।

प्रदेश सराकारले अहिले देश र विदेशबाट आएकाको संख्या खोजी गरी क्वारेन्टाइनमा राखेको मन्त्री दुलालले बताए । उनका अनुसार वागमती प्रदेशमा कोरोना संक्रमणको आशंकामा २६ जनाको नमुना परीक्षण गरेकामा २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सुरक्षा सामग्री विभिन्न जिल्लामा वितरण सुरु गरेको छ । मन्त्रालयले १ सय ७५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेशका सरकारी अस्पताललाई उपलब्ध गराइसकेको छ ।

हेटौंडामा ३० वेडको आइसोलेसन

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हेटौंडा अस्पतालले हेटौंडामा ४ आईसीयूसहित ३० वेडको आइसोलेसन तयार भएको छ ।

अस्पतालले हेटौंडा–४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलेसन तयार पारेको हो । विद्यालयको नयाँ भवनमा आइसोलेसन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment