Comments Add Comment

चीनले कसरी नियन्त्रणमा लियो कोरोनाको महामारी ?

१६ चैत, काठमाडौं । पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) देखिएको चीनको वुहान शहरमा लकडाउन आंशिक रुपमा हटाएको छ । युरोप भने महामारीको केन्द्र बनेको छ ।

इटाली र स्पेनमात्र होइन, युरोपका अरु देशमा पनि संक्रमित र मृतकको संख्या बढ्दो छ ।

संक्रमण फैलिन नदिन हरेक देशले कदम चालेका छन् । लाखौं मानिसहरु लकडाउनमा छन् । तर, पर्याप्त देखिएको छैन । के यूरोपले कदम चाल्न ढिलाई गरेको हो त ?

यसका लागि चीनले कोरोनाले निम्त्यिाएको संकटको कसरी सामना गर्‍यो भन्ने हेरौं:–

चीनमा निकै कडा सामाजिक नियन्त्रण प्रणाली छ । यसले पनि चीनलाई कोरोना भाइरस नियन्त्रणमा निकै सहयोग पुग्यो । यस किसिमको प्रणालीमा मानिसहरुको गतिविधि सरकारलाई बुझाउनेदेखि आवश्यक परेका मानिसलाई सामुदायिक सेवा घरमा नै उपलब्ध गराउनेसम्मका मानिस उपलब्ध हुन्छन् ।

यो भाइरस देखिँदा सुरुमा चीनले पनि यूरोप जस्तै हल्का रुपमा लिएको थियो । वुहानका अधिकारीले सुरुमै यो रोग पत्ता लगाउन सकेनन् । यसले समय खेर जानुका साथै धेरै मानिसको ज्यान पनि गयो । तर, जब यो भाइरसबारे थाहा पायो, भाइरस नियन्त्रणका लागि चीनले आफ्नो काम सुरु गर्‍यो ।

वुहान र वुहानभन्दा बाहिरका सबै गतिविधि बन्द गरिए । हुवेई प्रान्तका १५ अन्य शहरको गतिविधि पनि राकियो । हवाई उडान र रेल्वे सेवा मात्र होइन, सडक पनि बन्द भयो ।

लकडाउनमा भाइरसविरुद्ध वुहानको लडाइँ

चाइना नेशनल ग्रीड प्रोजेक्ट सन् २००४ मा ल्याइएको सामुदायिक व्यवस्थापन कार्यक्रम हो । सुरुमा बेइजिङको डोङचेङमा लागू गरिएको यो कार्यक्रम पछि पूरा मुलुकभरी नै कार्यान्वयनमा ल्याइएको थियो । यो प्रणालीमा प्रत्येक शहरलाई ब्लक वा समुदायको आधारमा ग्रीड वा क्षेत्रको रुपमा विभाजन गरिन्छ ।

प्रत्येक ग्रीडमा ग्रीड नियन्त्रक हुन्छन् । उनीहरुले सामाजिक प्रबन्धकको रुपमा काम गर्छन् । उनीहरुले नै स्थानीय सरकारलाई आफ्नो क्षेत्रको विवरण उपलब्ध गराउँछन् ।

उनीहरुले आफ्नो क्षेत्रका सबै सामाजिक संघसंस्था र गतिविधिको निगरानी गर्छन् । साथै, उक्त क्षेत्रमा रहेका वृद्ध तथा अशक्त मानिसहरुलाई आवश्यकता परेको समयमा सहयोग उपलब्ध गराउँछन् ।

कसरी विभाजन गरिएको छ चिनियाँ क्षेत्र ?

सिन्ह्वाकाअनुसार वुहानमा १३ हजार ग्रीड र आठ हजार सात ग्रीड कर्मचारी छन् । एक कर्मचारीले तीन सयदेखि पाँच सय घर हेर्छन् । यो विपत्तिको समयमा धेरै स्वयंसेवकले उनीहरुलाई खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्री किन्न सहयोग गरेका थिए ।

यो ग्रीड प्रणाली केही वर्षदेखि कार्यान्वयनमा छ । तर, कोरोना भाइरसको प्रकोप देखिनुभन्दा पहिला यसलाई गम्भीर रुपमा लिइएको थिएन । अहिले यो प्रणालीले आफ्नो पूर्ण क्षमताले काम गरिरहेको छ । फेब्रुअरी ११ मा वुहानको महामारी नियन्त्रण मुख्यालयले सबै क्षेत्रका मानिसको गतिविधिमा रोक लगाउने आदेश दियो । र, ग्रीड कर्मचारीहरुले प्रत्येक घरबाट स्वास्थ्य तथ्यांक पनि संकलन गर्छन् ।

साउथ चाइना मर्निङ पोष्टको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment