
१६ चैत्र, काठमाडौं । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष, भरत पराजुलीले ४० सेट व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरस उपचारका लागि पीपीई अभाव भइरहेका बेला इन्टिग्रेटेडका कार्यकारी अध्यक्ष पराजुलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाईलाई पीपीई सहयोग गरेका हुन् ।
हस्तान्तरण गरिएका पीपीई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूपका हुन् । जसमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, कपडा, जुुत्ता, स्यानिटाइजरसहित ८ प्रकारका स्वास्थ्य सामग्री छन् ।
चिकित्सकको मनोबल वृद्धिका लागि पीपीई सहयोग गरेको बताए ।
हस्तान्तरण गरिएको पीपीई मूल्य अभिवृद्धिकर भ्याटबाहेक ८५०० मूल्यको रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पीपीई स्वीकार गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया 4