Comments Add Comment

यसरी तयार हुँदैछ विराटनगरमा कोरोना विशेष अस्पताल

१६ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित (कोभिड १९)  को उपचार गर्न अस्थायी अस्पताल निर्माण कार्य सुरु गरेको छ ।

विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा ५० शय्याको अस्पताल बनाउने निर्णय भएसँगै धमाधम काम सुरु भएको हो । अस्पतालमा १० शय्याको भेण्टिलेटर वार्ड पनि निर्माण गरिँदैछ ।

अहिले अस्पतालका लागि आवश्यक संरचना निर्माण गर्ने काम भइरहेको प्रादेशिक अस्पताल व्यवस्थापन समितिका संयोजक सागर प्रसाईंले जानकारी दिए । ‘अस्पतालका लागि आवश्यक संरचना र उपकरण राख्न काम भइरहेको छ’ उनले भनेका छन्, ‘अबको तीनदिनभित्र ५० शय्याको अस्पताल तयार हुनेछ ।’

आइतबारबाट विद्युत, खानेपानी जडानका साथै शय्या राख्‍ने काम गइरहेको छ । नयाँ अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु तत्काल खरिद गर्न समय लाग्ने विराटनगरमा रहेका अस्पतालहरुबाटै ल्याएर प्रयोग गर्नेगरी तयारी भइरहेको बताइएको छ ।

अस्पतालमा चाहिने जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्नेछ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्ने प्रदेश सरकारको निर्णय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment