+
+
Shares

कोरोना सहायता कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोडको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १५:२२

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ ।

सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गर्न लागेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक अहिले हस्तान्तरण गर्नेछ ।

मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

महासंघले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई मार परेकाले उनीहलाई खाद्यान्न पनि सहयोग गर्ने भएको छ । सरकारसँगको समन्वयमा यस्तो सहयोग वितरण हुने अध्यक्ष रणाले बताइन् ।

‘५ किलो चामल र १ किलो दालको प्याकेटहरु बनाउँदैछौं, उनले भने,’त्यो विपन्न वर्गलाई वितरण गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?