
१६ चैत, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरु सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ ।
कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै स्वास्थ्य सेवा तथा अत्यावश्यकीय सेवासँग सम्बन्धित भुक्तानीलाई प्राथमिकताका साथ निकासी दिन आग्रह गरिएको छ । सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको छ । त्यसयता सम्पूर्ण आर्थिक क्रियाकलापहरु प्रभावित भएका छन् । खर्च प्रणाली बिग्रिएको छ ।
उपमहालेखा नियन्त्रक निरज केसीका अनुसार लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्नेगरी व्यवस्थापन मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ ।
कोरोनाका कारण विकास निर्माणका काम ठप्प भएका छन् । जसले गर्दा खर्च प्रणाली प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4