Comments Add Comment

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय

१६ चैत, काठमाडौं । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर, उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका थिए । तर, सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । साथै, उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment