+
+
Shares

लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट

एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १७:३५

१६ चैत, बारा । बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेका ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए ।

ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते भएका छन् । साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?