Comments Add Comment

लायन्स क्लबले दियो कोरोना विशेष अस्पताललाई पीपीई

१७ चैत, बुटवल । लायन्स क्लब अफ शंकरनगरले बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा खटिएका चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री दिएको छ ।

क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमार्फत बुटवल कोरोना विशेष अस्थायी अस्पतालका लागि सात थान पीपीई सेट, ३० लिटर इथाइल अल्कोहल स्प्रिट र दुर्गादत्त मावि तिलोत्तमामा रहेको क्वारेन्टाइनको लागि तीन थान पीपीई र १० लिटर स्प्रिट उपलब्ध गराएको हो ।

करिब एक लाख रुपैयाँ लागतमा उक्त मेडिकल सामग्री अस्पताल र क्वारेन्टाइनलाई उपलब्ध गराएको क्लबका संस्थापक अध्यक्ष किरण खरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment