+
+
Shares

सेयर बजार तत्कालै नखुल्ने, नेप्सेले आज निर्णय गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते ११:५९

१७ चैत, काठमाडौं । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न निर्देशन दिएको अध्यक्ष ढुंगानाले बताए ।

कति दिन बन्द गर्ने निर्णय भने नेप्सेले नै गर्ने उनले बताए । ‘एक साताका लागि पनि हुनसक्छ, लकडाउन अवधिभर पनि हुनसक्छ’ उनले भने, हामीले निर्देशन दिएका छों, कति दिन बन्द गर्ने भन्ने निर्णयको जिम्मा नेप्सेको हो ।’

नेप्सेले पनि कतिदिन बन्द गर्ने सोमबार नै निर्णय गर्ने भएको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले बजार कति बन्द गराउने भन्ने सोमबार निर्णय हुने बताए । उनले भने, ‘लकडाउन अवधिभर बन्द गर्ने गरी तयारी भइरहेको छ, तर अहिले नै यति दिन भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?