१७ चैत, काठमाडौं । निजी अस्पताल तथा सेवा प्रदायकहरुले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएका छन् ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई २०७६ चैत मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जनाएको छ ।
यो छुट अस्पतालले पनि खरिद गर्नुपर्ने औषधी, इम्प्लान्ट्सलगायतका सामानमा भने लागु नुहने जनाइएको छ ।
कोभिड १९ महामारीविरुद्ध मुलुकले लडाइ लडिरहेको परिस्थितिलाई दृष्टिगत गरी निजी अस्पतालहरुले २० प्रतिशत छुट दिने निर्णय भएको नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4