Comments Add Comment

प्रशासन कार्यालयमा भिड बढेपछि सवारी पास अब चार निकायबाट

१७ चैत, कामठाडौं । अब अत्यावश्यक काममा बाहिर निस्कने सबैलाई जिल्ला प्रशासन कार्यालयले मात्र सवारीसाधन पास उपलब्ध नगराउने भएको छ । अत्यावश्यक सेवामा घरबाहिर निस्कनुपर्नेहरुका लागि सवारी पास अब जिल्ला प्रशासन कार्यालयसहित ४ निकायले प्रदान गर्नेछ ।

सरकारले लकडाउनको अवधि चैत २५ गतेसम्म बढाएपछि सवारी पास लिने निकाय पनि बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारीगरी अब खाद्य वस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघसंस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास दिने जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने पनि जानकारी दिएको छ ।

यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भिड भएकाले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment