१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।
सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4