Comments Add Comment

दक्षिण एसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

१७ चैत, काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या ५९ पुगेको छ । साथै समग्र संक्रमितको संख्या २ हजार ९९४ पुगेकमो छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित देखिएका थिए । पाकिस्तानमा समग्र संक्रमितको संख्या १ हजार ६२५ पुगेको छ ।

त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका संक्रमित १ हजार ७१ पुगेका छन् भने मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

अफगानिस्तानमा पनि यो भाइरसका संक्रमितको संख्या १२० पुगेको छ भने ४ जनाको ज्यान गएको छ । श्रीलंकामा पनि संक्रमितको संख्या १२० पुगेको छ भने अहिलेसम्म भाइरसबाट एक जनाको ज्यान गएको छ ।

बंगलादेशमा ४९ जनामा भाइरसको संक्रमण भेटिएको छ । साथै भाइरसको कारण ज्यान गुमाउनेको संख्या पनि ५ पुगेको छ ।

माल्दिभ्समा १७, नेपालमा पाँच तथा भुटानमा अहिलेसम्म चारजनामा यो भाइरसको संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment