Comments Add Comment

गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन

१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोकत्वमा सिफारिस गठन समिति गठन गरेको हो ।

श्रोतका अनुसार समितिमा पूर्व गभर्नर विजयदेव भट्टराई र पूर्ब सचिव कृष्णहरी बास्कोटालाई सदस्य तोकिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार समिति गठन भएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय समेत रहेको मुलुकको केन्द्रीय बैंक गत ५ गतेदेखि नेतृत्वबिहीन छ ।

गठन गरिएको समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका तीन मध्येबाट मन्त्रिपरिषद् बैठकले एक व्यक्तिलाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गर्नेछ ।

गभर्नर डा. चिरञ्जीवि नेपाल ५ वर्षे कार्यकाल पुरा गरेर बिदा भए पनि सरकराले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । ऐनमा गभर्नर नियुक्ति लागि गभर्नरको कार्यकाल सकिनु अगावै एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख भए पनि सरकारले नियुक्त गर्न सकेको छैन ।

अहिले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कामुको रुपमा नेतृत्व लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment