१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले लकडाउनको अवधिमा पनि दुग्ध पदार्थ आपूर्ति सहज बनाइएको दाबी गरेको छ । कुनै कारणबस उपत्यकाका उपभोक्ताले दुग्ध पदार्थ नपाए सम्पर्क गर्न आग्रह गर्दै संस्थानले सम्पर्क व्यक्तिको फोन नम्बर पनि सार्वजनिक गरेको हो ।
प्रतिकूलता रहेपनि श्रोत साधनहरुको अधिकतम परिचालन गर्दै स्थानीय कृषकहरुबाट उत्पादित दुध खरिद गरिएको र प्रशोधन गरिएको दुग्ध पदार्थ पनि नियमित रुपमा बजारमा पुर्याइएको संस्थानले जनाएको छ ।
आफ्नो उत्पादन दही, घ्यु, पनीर, चिज तथा बटर जस्ता दुग्ध पदार्थहको उपलब्धतामा कुनै कसर बाँकी नराखिएको संस्थानद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।
बजार आपूर्ति सहज बनाउन संस्थानले काठमाडौं उपत्यकामा रिङरोडको भित्री बजार र बाहिर ४१ वटा सवारी साधनले दुग्ध पदार्थ ढुवानी गरिरहेको संस्थानले जनाएको छ ।
कीर्तिपुर हुँदै पाङ्गा, सैबुदेखि भैसेपाटी र बुङमतीसम्म, ललितपुरको सातदोबाटो, सुनाकोटी, हरिसिद्धि, ठैब, सानागाउँ, लुभु, कौशलटार र बालकोट, सूर्यविनायक, जगाती, र जोरपाटीदेखि मूलपानी हुँदै आरुवारीसम्म तथा महाराजगञ्जदेखि बुढानीलकण्ठ र बालाजुदेखि फुटुङ्गसम्मको बजारमा डीडीसीबाट दैनिक ४१ वटा ढुवानी गाडीहरुको परिचालन गरी दुधको आपूर्ति व्यवस्था मिलाइएको संस्थानले उल्लेख गरेको छ ।
यस्तै, शहरका ठूला सुपर मार्केट भाटभटेनी, बिगमार्ट, सेलवेज सहितका मार्टहरुमा पनि डीडीसीको उत्पादन आपूर्ति गरिएको संस्थानले जनाएको छ । उपत्यकाको बजारमा दैनिक ७३ हजार लिटर दुध आपूर्ति भइरहेको र दुधको अभाव भएमा सम्पर्क गर्न पनि संस्थानले भनेको छ ।
सम्पर्क व्यक्ति तथा नम्बर
| डिष्ट्रिब्युसन एरिया | सम्पर्क | मोबाइल नं | 
| भित्री रिङ्ग रोड बजार | दीपबहादुर खड्का | ९८५१०७६७०९ | 
| बाहिरी रिङ्ग रोड बजार | गोकुल फुयाँल | ९८५१०७४९०७ | 
| ललितपुरको पुल्चोक, जावलाखेल, लगनखेल, ग्वार्को, सातदोबाटो, खुमलटार, सानेपा, कुपण्डोल, भैंसेपाटी र हात्तीवन क्षेत्र | उद्धव थपलिया | ९८४१५५१२९१
 
  | 
| वनस्थली, ठमेल, बालाजु, नेपालटार, लाजिमपाट, स्रोहखुट्टे र ठमेल क्षेत्र | जीवन श्रेष्ठ | ९८५१०६७३५८
 
  | 
| बालुवाटार, मैतिदेवी, बागवजार, पुतलीसडकदेखि भक्तपुर बजार पूरै | सकुल सापकोटा | ९८५११४७७६७ | 
| नेपाली सेनालाई होल मिल्क पाउडर आपूर्तिको लागि | अञ्जन अधिकारी | ९८५११४३९८२ | 
| काठमाडौं दुग्ध वितरण आयोजना बालाजु सम्पर्कः
 
  | 
सानुभाइ थापा
 चूडामणि आचार्यः  | 
९८४१५१२३७१
 ९८०८९३७९७९  | 
| दुग्ध पदार्थ बिक्री वितरण आयोजना लैनचौर सम्पर्क
 
  | 
नारायण ढुङ्गाना
 तुलसी काफ्ले  | 
९८४१८४३०११
 ९८४१९०५५२०  | 
| केन्द्रीय कार्यालय | सञ्जिव झा | ९८५११७४४३६ | 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4