+
+
Shares

लकडाउन अवधिभर सेयर बजार बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १९:०५

१७ चैत, काठमाडौं । लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार त्यसपछि पुनः लकडाउन भए अर्को निर्णय नेप्सेले गर्नेछ ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न बोर्डले भनेपछि नेप्सेले बन्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?