फाइल फोटो ।								
											१७ चैत, चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने ५१ सवारी साधनसहित ७४ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेमा ७२ जना पुरुष र २ जना महिला रहेको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधानमा एक वटा कार, १८ वटा मोटरसाइकल, १२ वटा स्कुटी र २० वटा साइकल छन् ।
लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिएर विभिन्न स्थानमा ‘होल्ड’ गरी सम्झाई-बुझाई घर पठाइएको चितवनका प्रहरी प्रवक्ता एवं डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4