+
+
Shares

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

गल्ती भएकै हो, तर दुबै तस्कर हुन् : सशस्त्र प्रहरी उपरीक्षक न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ९:५४

१८ चैत, सप्तरी । सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही गरिन्छ ।”

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउँपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

गल्ती भएकै हो, तर दुबै तस्कर हुन् : न्यौपाने

सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले आफ्ना जवानले दुबैलाई कुटपिट गरेर गल्ती गरेको भएपनि दुबै जना तस्कर भएको बताएका छन् । ‘उनीहरु औषधि नभई दैनिक उपभोग्य सामान लिएर आइरहेका थिए’ न्यौपानेले भने, “यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा दुबै जना छन् ।”

सामान नल्याउन पटक-पटक दुबैलाई सम्झाएपनि नमानेको र देशमा लकडाउन गरिएको समयमा समेत सामान ल्याउन नछाडेको उनले बताए । ‘लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रिएर जनावहरुले गल्ती  गरेका छन्’ उनले भने ।

‘यसरी कुट्नुहुँदैन्थ्यो । घटनापछि उनीहरुले पनि ‘रियलाइज गरेका छन्,’ न्यौपानेले भने, “तर, समाजका व्यक्तिले पनि लकडाउनको समयमा यस्तो गल्ती गर्नेबारे सोचिदिनु आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?