Comments Add Comment

कोरोना भाइरसविरुद्ध तरकारी बजारमा सतर्कता

१८ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि तरकारी बजारहरुले पनि सर्तकता अपनाउन थालेका छन् ।

सरकारले लकडाउनको समयमा पनि खुल्ने तरकारी बजारमा बिहान र साँझ सर्वसाधारणको भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् ।

उनीहरुले कम्तीमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । तरकारी किन्न जाने सबैले सो गोलो घेरामा लाइन बसी तरकारी लिनुपर्ने हुन्छ । समाज कल्याण परिषदद्वारा सञ्चालित काठमाडौंको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्वार र बाह्यद्वार भिन्ना भिन्नै बनाइएको छ ।

एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन् । साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन् । साँझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्यधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो ।

धेरै भिड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरी लामबद्ध गराउनेछन् । तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकतासम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment