+
+
Shares

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १३:१८

१८ चैत, काठमाडौैं । लकडाउन उल्लंघन गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जना नियन्त्रणमा लिएको छ ।

विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई सामाजिक दूरी कायम गरेर सेचतनामूलक कक्षा दिने कार्य भइरहेको पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिलाई साँझ मात्र छाडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?