१८ चैत, काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्नेगरी एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो ।
बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्ने समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ ।
आफ्नो देश कोरोनाको त्रासबाट मुक्त हुँदै जाँदा चीनले विश्वभरबाट आफ्ना नागरिकलाई उद्धार गर्न लागेको हो । नेपालमा अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाइ धमाधम फिर्ता लगिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4