+
+
Shares

बुटवलमा ६ हजार पाँच सय परिवारलाई राहत दिइने

एक परिवारलाई १५ किलो चामल, दुई किलो दाल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते २१:०५

१८ चैत, बुटवल । बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरेर राहत बाँड्न सुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी छन् ।

उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख शिवराज सुवेदीले बताए ।

अहिले संकलन भएर आएका संख्यामा छुट भएका भए पुनः सर्वेक्षण गरेर यकिन गर्न पनि दुई दिनको समय दिइएको छ ।

टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले छुट भए नभएको फेरि यकिन गर्नेछन् । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्यविधिसमेत पारित गरेको छ ।

अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन् । त्यहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका छन् ।

सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् ।

उपमहानगरपालिकाको कार्यविधिअनुसार ज्यालादारी गर्ने तर लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?