Comments Add Comment

दाङको नाकाबासीलाई सांसद चौधरीले बाँडे राहत

१८ चैत, दाङ । लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राहत वितरण गरेका छन् ।

सोमबार गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन् ।

हरेक परिवारलाई १२ किलो चामल, पाँच किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको सांसद चौधरीले जानकारी दिए । दाङ क्षेत्रनम्बर १ का सांसद चौधरीले खाद्यान्न वितरण गर्दै भने, ‘सरकारले कसैलाई पनि भोकै रहन दिँदैन ।’

यो पनि पढ्नुहोस भारत जाऔं रोग छ, नेपाल जाने बाटो बन्द छ !

लकडाउनको बेला समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्न भन्दै सांसद चौधरीले राहत कोष स्थापना गरेका छन् । त्यसका लागि कृषि विकास बैंकमा ०९१९००१६०७४३५०१६ नं. को चल्ती खाता खोलिएको छ । ‘सहयोग गर्नेहरुले बैंक खातामा रकम जम्मा गर्न सक्नुहुन्छ,’ चौधरीले भने, ‘सहयोग तथा राहत वितरणको विवरण हरेक हप्तामा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।’

सरकारले कोरोना भाइरसबाट प्रभावितहरुका लागि भनेर आफूखुसी राहत संकलन नगर्न निर्देशन दिएकोबारे सांसद चौधरीले भने, ‘सरकार भनेको हामी जनप्रतिनिधि पनि त हौं नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा

Advertisment