Comments Add Comment

गुल्मीमा विदेशबाट १७ सय भित्रिए,  क्वारेन्टाइनमा ५५ जना मात्र

१९ चैत, गुल्मी । गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा १० जना गरेर ५५ जना क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

उनीहरु सबै पछिल्लो समय भारतबाट आएका हुन् । प्रशासनले संकलन गरेको तथ्यांक अनुसार धेरै जसो मानिस घरमै रहेको पाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारत लगायत अन्य मुलुकबाट आएकाहरुको विवरण संकलन कार्य जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment