+
+
Shares

कनिकाको पाँचौं रिपोर्ट पनि कोभिड-१९ पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १३:५२

बलिउड पार्श्व गायिक कनिका कपुर यतिबेला कोरोनासँग लडिरहेकी छिन् । कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ ।

लखनउमा रहँदा नै कोरोना संक्रमित बनेकी कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा उसलाई थप परीक्षण गराउने गरिँदैन । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

तर, सामाजिक सञ्जालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुपर्ने कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उनले खानेकुरा पनि खाइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

कनिकाले केही दिन अगाडि मात्र इन्स्टाग्राममा आफूले परिवारलाई निकै नै मिस गरेको र चाँडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?