Comments Add Comment

कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

२० चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नाै लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच  हजार ११६ पुगेको छ ।

त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

अहिलेसम्म यो भाइरस संक्रमणपछि एक लाख ९३ हजार सात सय ६४ जना मानिसहरु निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेमा भने चीन अगाडि छ ।

चीनमा अहिलेसम्म ७६ हजार चार सय २० जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै, स्पेनमा २२ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

अमेरिकामा भने आठ हजार पाँच सयभन्दा बढी मानिस मात्र निको भएर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment