Comments Add Comment

लकडाउनमा फोनबाटै स्वास्थ्य परामर्श

२० चैत, बुटवल । कोभिड-१९ को जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका छन् ।

सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् ।

संघले गरेको आग्रह अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा. विनोद बरई, डा. दुर्गा खत्री र डा. अशोक धिताल तथा दन्त चिकित्सक डा.दिपेन्द्र पोख्रेलले फोनमार्फत् बिरामीलाई परामर्श दिएर उपचारमा सहयोग पुर्‍याएका छन् ।

हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार नौ जना चिकित्सकको मोबाइल नम्बर संघको फेसबुक पेज (हान रुपन्देही) मा राखिएको र उनीहरुले जुनसुकै बेला बिरामीको फोन रिसिभ गरेर निःशुल्क परामर्श दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment