Comments Add Comment

वीरगञ्जमा लकडाउन उल्लङ्घन गर्ने ४७ जना पक्राउ

२० चैत, वीरगञ्ज । वीरगञ्जमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४७ जनालाई नियन्त्रणमा लिएको छ । लकडानउको अवज्ञा गर्दै विनाकारण घर बाहिर निस्केका ४७ जनालाई नियन्त्रणमा लिइएकोहो ।

बिहीबार दिउँसो २ बजेसम्ममा ७ महिलासहित ४७ जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई वीरगञ्ज घण्टाघर नजिकै रहेको वीपी उद्यान स्थित सेडमा उभ्याएर राख्ने गरेको छ । लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर दुई तीन घण्टा उभ्याएर होल्डमा राखेर मात्रै छाड्ने गरेको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment