Comments Add Comment

दिल्लीको धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा बाराबाट ११ जना पक्राउ

२० चैत, वीरगञ्ज । भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड १९) फैलाउन मुख्य भूमिका खेलेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भएर फर्किएको आशंकामा प्रहरीले बाराबाट ११ जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाको टोलीले बाराको विश्रामपुर गाउँपालिकाको बरैनियाबाट उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

लकडाउनमा पनि सप्तरी घर भएका उनीहरु भारतबाट नेपाल प्रवेश गरेका थिए । जमातका लागि भारत गएको भएपनि दिल्ली भने नगएको प्रतिक्रिया उनीहरुले दिएका छन् । सशस्त्र प्रहरीले उनीहरुको बारेमा आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यो पनि पढ्नुहोस दिल्लीको धार्मिक सभामा गएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो

नियन्त्रणमा लिइएकाहरुलाई वीरगञ्ज स्थित सिदार्थ माविको क्वारेन्टाइनमा राख्न पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment