Comments Add Comment

सुकीले खोलिन् फेसबुक अकाउन्ट, पहिलो दिनमै भेरिफाइड

२० चैत, काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीले पहिलोपटक फेसबुकमा खाता खोलेकी छन् ।

बुधबार फेसबुकमा एकाउन्ट खोलेसँगै एक पोस्ट गर्दै उनले कोरोना महामारीको विषयमा छिटो तथा दक्षतापूर्ण तरिकाले सूचना आदानप्रदान गर्नका लागि फेसबुकमा जोडिएको बताएकी छन् ।

सुकीले यसअघि आफू फेसबुकमा जोडिन खासै इच्छुक नभएको पनि आफ्नो पहिलो फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।

उनको पहिलो फेसबुक पोस्टमा बुधबारैै तीन लाख १० हजारभन्दा धेरै लाइक्स प्राप्त भइसकेका छन् । रोचक त के भने खाता खोलेकै दिन उनको फेसबुकमा सात लाख फलोअर्स भए र फेसबुकले उनको अकाउन्ट भेरिफाईसमेत गरिदिएको छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण म्यानमारका साढे तीन लाख मानिस ‘जनस्वास्थ्य प्रलय’ को जोखिमतर्फ अग्रसर रहेको भनी मानव अधिकारवादी संस्थाले चेतावनी दिएलगत्तै सुकीले फेसबुकमा खाता खोलेकी हुन् ।

सन् २०१७ मा म्यानमारमा भएको रोहिङ्ग्या मुसलमानविरुद्धको नरसंहारका विषयलाई लिएर सुकीको आलोचना हुने गरेको छ भने उक्त हिंसालाई मलजल गर्नका लागि फेसबुक प्लाटफर्मको दुरूपयोग भएको फेसबुकले स्वीकार गरिसकेको छ ।

म्यानमारमा निरन्तर भइरहने विभिन्न साम्प्रदायिक हिंसाहरूका कारण दशौ‌ं हजार मानिस विस्थापित हुनु परेको छ। त्यसमा रोहिङ्ग्या मुस्लिम समुदाय सबैभन्दा धेरै पीडित छ ।

गत जनवरीमा अन्तर्राष्ट्रिय न्यायालयले रोहिङ्ग्या मुस्लिमविरुद्धको नरसंहार रोक्नका लागि आवश्यक कदम चाल्न म्यानमार सरकारलाई आदेश दिएको थियो । जुन म्यानमारले अस्वीस्कार गरेको थियो ।

बौद्धधर्मको बाहुल्यता रहेको म्यानमारको सरकारले खासगरी रखाइन प्रान्तमा अतिवादी खतराकाविरुद्धमा सेनाले अभियान चलाउँदै आएको दाबी गर्दै आएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment