
२० चैत, कोहलपुर । थुनुवाको संख्या धेरै भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले थुनुवालाई मुक्त गराउन थालेको छ । राख्ने ठाउँको अभाव भएपछि बाँके प्रहरीले सामान्य कसुरमा पक्राउ परी थुनुवा कक्षमा रहेका २१ जनालाई थुनामुक्त गरेको हो ।
थुनुवाहरु संख्या धेरै हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
थुनुवा कक्षमा अझै जघन्य अपराधका २८ जना थुनुवा रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4