+
+
Shares

बाघ धपाउन हात्ती परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलियामा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती परिचालन गरेको छ।
  • रेञ्जर विक्रम चौधरीका अनुसार विगत चार/पाँच दिनदेखि बाघ देखिएपछि क्यामेरा जडान गरी निगरानी बढाइएको छ।
  • निकुञ्जले स्थानीयलाई सतर्क रहन र उक्त क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

८ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चार/पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

‘लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,’ रेञ्जर चौधरीले भने, ‘गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ ।’

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ । त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन् ।

‘पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?