News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको राप्ती नगरपालिका-१ मा गाउँ पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।
- बाघको आक्रमणबाट सोही स्थानकी दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईसमेत सामान्य घाइते भएको छ।
- चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले ११:२७ बजे उक्त बाघलाई नियन्त्रणमा लिएको छ।
३१ साउन, काठमाडौं । चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् ।
आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो ।
घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4