Comments Add Comment

कोरोना संक्रमित व्यक्तिबाट कहिलेसम्म टाढा रहने ?

कोरोना भाइरसले अहिले सबै देशका जनताहरुमा ठुलो त्रास उत्पन्न गराएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजारभन्दा बढि मानिसहरुको मृत्यु भैसकेको छ भने लाखौं मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् । त्यसो त हजारौं मानिसहरु यो भाइरसको संक्रमणबाट निको भएर घर पनि फर्किसकेका छन् । यसैबीच, संक्रमणबाट ठीक भएका व्यक्तिहरुको स्वास्थ अध्ययनको क्रममा एउटा आश्चर्य बनाउने नतिजा  अगाडि आएको छ ।

कोरोना भाइरसबाट संक्रमित मानिसको उपचार संसार भरी नै भैरहेको छ । जुन व्यक्तिहरुले समयमा नै उपचार पाए, उनीहरुमध्ये धेरै मानिसहरु पूर्ण रुपमा ठीक पनि भैरहेका छन् । ती ठीक भएका व्यक्तिहरुमा डाक्टरहरुद्वारा एउटा अध्ययन गरियो, जसको प्रमुख उद्देश्य भनेको एउटा विरामीमा संक्रमणपछि कति दिनसम्म भाइरस फैलन सक्छ भन्ने थियो ।

संक्रमित व्यक्ति ठीक भएको १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु उपयुक्त हुन्छ भन्ने कुरा पहिला पनि भएको हो । तर ताजा रिपोर्टका अनुसार यस्तो गर्नु एउटा खतरनाक कदम प्रमाणित हुन सक्छ ।

अमेरिकन थोरेसिस सोसाइटीबाट जारी गरिएको एउटा अध्ययनमा यसको बारेमा पूर्ण जानकारी दिइएको छ । डाइग्नोसिस एण्ड म्यानेजमेन्ट अफ कोभिड–१९ डिजीजको नामले प्रकाशित भएको उक्त रिपोर्ट अनुसार कुनै पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति ठीक भएपछि केवल १४ दिन सम्मको क्वारेन्टाइन समय ठीक हुँदैन, यसले संक्रमण फैलने खतरा पनि रहन्छ ।

भाइरस ठीक भएको कति समयसम्म शरीरमा रहन्छ ?

कोरोना भाइरसको बिरामी ठीक भए पछिको १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने सल्लाह दिइन्छ । तर कोरोना भाइरसका विरामीहरु ठीक भएको धेरै दिनसम्म पनि उनीहरुको शरीरमा भाइरस समावेश हुन्छ भन्ने कुराले तपाईंलाई आश्चर्य लाग्न सक्छ ।

अध्ययन अनुसार कोरोना भाइरसबाट विरामी ठीक भएको ८ दिन पछिसम्म पनि उनीहरुको शरीरमा भाइरस समावेश हुन्छ । त्यस्तै उनीहरुको शरीरमा फ्लू जस्तो लक्षण १४ दिनसम्म पनि रहन सक्छ ।

संक्रमित व्यक्तिबाट कहिलेसम्म टाढा रहने

कोरोना भाइरसको संक्रमणबाट ठीक भएका मानिसहरुले विशेष सावधानी उपनाउनु पर्छ । आफु पूर्ण रुपमा ठीक भएको टेस्ट रिपोर्ट आएपछि, हस्पिटलबाट छुट्टि पाएपछि पनि कम्तिमा पनि २०  दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्छ ।

यसो गर्नाले कोरोना भाइरसबाट ठीक भएका मानिसहरुबाट स्वस्थ मानिसहरुलाई संंक्रमण हुनबाट बचाउन सकिन्छ, साथै यो विरामी बढ्नबाट पनि रोक्न सकिन्छ ।

अझै विभिन्न सर्वेक्षणको आवश्यक छ

कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै यसमा अझै सर्वेक्षण गर्नु पर्ने आवश्यक देखिन्छ । जसबाट केही अन्य कुराहरुको बारेमा पत्ता लगाउन सकिन्छ । जस्तै जब कुनै व्यक्ति कोरोना भाइरसको संक्रमणबाट ठीक हुन्छ, उ दोस्रो पटक पनि संक्रमणको चपेटामा आउन सक्छ अथवा सक्दैन ? यसका साथै यो भाइरसको संक्रमणबाट पूर्ण रुपमा ठीक भएपछि संक्रमित व्यक्तिले कुन–कुन कुरामा ध्यान दिनु आवश्यक हुन्छ ? भन्ने जस्ता कुराहरुमा अझै विस्तारपूर्वक अध्ययन गर्न आवश्यक छ  । यसका लागि डाक्टरहरुको समुहले लगातार काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment