+
+
Shares

कोरोना सारिदिएको भन्दै नर्सले गरे चिकित्सक प्रेमिकाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २०:५३

इटलीमा एक नर्सले आफूलाई कोरोना सारिदिएको भन्दै प्रेमिकाको हत्या गरेका छन् । उनकी प्रेमिका चिकित्सक थिइन् ।

२७ वर्षिया डाक्टर लोरेना क्वारन्टाको हत्या गरेपछि उनका प्रेमी एन्टोनिया डी पेस आफैंले प्रहरीलाई खबर गरेका थिए । उनीहरु दुवै सिसिल्लीस्थित एउटै अस्पतालमा काम गर्थे ।

मंगलबार बेलुकीतिर डी पेसले प्रहरीमा फोन गर्दै आफ्नी प्रेमिकाको हत्या गरेको बताएका थिए । प्रहरी घटनास्थल पुग्दा अपार्टमेन्टको भुईंमा क्वारन्टाको शव लडिरहेको थियो । साथै डि पेसले आफ्नै दुई हातका नाडी पनि काटेर छट्पटाइरहेका थिए । त्यसपछि उनलाई तुरुन्तै अस्पताल पुर्‍याइयो ।

अस्पतलामा प्रहरीलाई बयान दिँदै उनले भने, ‘उनले मलाई कोरोनाभाइरस सारिन्, त्यसैले मैले उनलाई मारेको हुँ ।’

तर, चिकित्सकहरुले गरेको पहिलो परिक्षणमा भने दुवैलाई कोरोना संक्रमण देखिएको छैन । बुधबार गरिएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?