+
+
Shares

बन्दुक र गोलीले कोरोना भाइरस मर्दैन : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २२:५८

२० चैत, काठमाडौं । नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

अघिल्लो सम्झौता रद्द गरेको सरकारले सेनामार्फत स्वास्थ्य सामग्री ल्याउने तयारी अघि बढाएलगत्तै भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन् ।


वाणिज्य तथा आपूर्तिसम्बन्धी निकाय हुँदाहुँदै सेनालाई अघि सारिएकोमा भट्टराईले असन्तुष्टि जाहेर गरेका छन् । कोरोना भाइरस बन्दुक र गोलीले नमारिने टिप्पणी भट्टराईको छ ।

‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !,’ भट्टराईले ट्विटरमा प्रश्न गरेका छन्, ‘अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला ?’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । तर, समयमै निर्धारित सामग्री दिन नसकेकोको भन्दै सम्झौता रद्द गरेको सरकारले चीनबाट जीटूजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने संकेत गरेको छ ।

भट्टराईले यसअघि जीटूूजी विधिबाट किन खरिद गरिएन भन्ने प्रश्न पनि उठाएका छन् । ‘के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट्भन्दा किन खुट्टा तानेको ?,’ बाबुरामको प्रश्न छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?