Comments Add Comment

जुम्ल्याहा बच्चालाई स्तनपान कसरी गराउने ?

पहिलो आमालाई आफ्नो बच्चाका लागि कसरी स्तनपान गराउने भन्ने कुरामा केही अन्यौल हुन्छ । किनभने यो उनीहरुको लागि नयाँ अनुभव हुन्छ । स्तनपानको क्रममा केही गल्ती पनि भइरहेको हुन्छ, जसको असर बच्चाको स्वास्थ्यमा पर्न सक्छ ।

अब एकसाथ दुई बच्चालाई स्तनपान गराउनुपर्ने अवस्थामा के होला ? किनभने जुम्ल्यहा बच्चा भएको अवस्थमा दुबैलाई समान रुपले ख्याल गर्नुपर्ने हुन्छ । उनीहरु दुबैलाई समान रुपले स्तनपान गराउनुपर्ने हुन्छ ।

चिकित्सकका अनुसार प्रायः आमाहरु बच्चा जन्मेपछि शिशुहरुलाई स्तनपान गराउनुको साथ–साथै गाईको दुध, मह, पानी आदि पनि सेवन गराउँछन् । जुम्ल्याहा बच्चा हुँदा त्यस्तो क्रम अझ बढि हुन्छ । किनभने स्तनपान मात्र शिशुका लागि पर्याप्त नहुने आमाहरुको सोचाइ हुन्छ, तर ६ महिनाभन्दा पहिला नै यदि बच्चालाई स्तनपान बाहेक अरु केही खान दिनु भनेको उसलाई बिरामी बनाउनुको साथसाथै पोषणमा पनि प्रभाव पार्नु हो भन्ने बुझ्नु पर्छ । त्यसैले हरेक आमाहरुले सकेसम्म बच्चाहरुलाई स्तनपान नै गराउनु पर्छ । तपाईंको स्तनले एक्लो बच्चा अथवा जुम्ल्याहा बच्चा दुवैका लागि पर्याप्त दुध निर्माण गर्न सक्छ ।

तपाईंले शल्यक्रियामार्फत बच्चा जन्माउनु भएको छ भने पनि स्तनपानलाई जारी राख्नु पर्छ । प्रँयः शल्यक्रियाबाट भएको प्रसवका कारण स्तनपानमा ढिला हुन पुग्छ । जुम्ल्याहा बच्चाको प्रसंगमा उक्त ढिलाइ अझ बढ्न सक्छ, जबकि बच्चा जन्माएको एक घण्टाभित्र शिशुलाई आमाको स्तनबाट आउने गाढा पहेंलो दूध अर्थात कोलोस्ट्रम खुवाइसक्नु पर्छ, किनभने त्यसले बच्चाहरु जन्मिएपछि हुने विभिन्न प्रकारका बिरामीहरुबाट बचाउँछ ।

यदि शल्यक्रियाबाट बच्चा जन्माइएको छ भने आमालाई चाँडै स्तनपान गराउनका लागि पहिला उनलाई कोल्टे पारेर सुताउनु पर्छ र पहिला एउटा बच्चालाई तल्लो स्तनबाट स्तनपान गराउने पर्छ । त्यसैगरी अर्कोतर्फ कोल्टे परेर सुत्ने र तल्लो स्तनबाट दोस्रो बच्चालँई स्तनपान गराउनु पर्छ । सुतेर स्तनपान गराउने क्रममा तपाईंले बच्चाको टाउकोलाई आफ्नो हातले साहरा दिनु पर्छ भन्ने कुरा नबिर्सने । महत्वपूर्ण कुरा के छ भने स्तनपानको क्रममा आमा निदाउनु हुँदैन ।

स्तनपानको सही पोजिशन

जुम्ल्याहा बच्चाहरुको प्रसंगमा स्तनपानलाई लिएर आमाहरुले विभिन्न प्रकारका सतर्कताहरु अपनाउनु अनिवार्य छ, ताकि बच्चाहरुले दूधमार्फत उचित पोषण पाउन सकून् । त्यसैले जब–जब आमाले बच्चालाई स्तनपान गराइरहेकी हुन्छिन्, उनले आफ्नो पोजिसनका बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ ।

आमाले ब्रेस्ट फिडिङको समयमा चिन्तामुक्त हुनु अनिवार्य छ । दुबै जुम्ल्याहा बच्चाहरुलाई एकै पटक स्तनपान गराउनु पर्छ, किनभने आमाको स्तनमा दूध बन्ने प्रकृया आमा र शिशूको बीचको लगावकै कारणले निस्कने हार्मोनका कारण हुन्छ र यो तब मात्र सम्भव हुन्छ, जब आमाको सम्पूर्ण ध्यान बच्चामाथि नै केन्द्रित हुन्छ । त्यस्तो भयो भने आमाको स्तनमा प्रँेलेक्टिन तथा ओक्सिटोनिस नामका हार्मोनहरुले दूध बनाउने तथा दूधलाई स्तनहरुबाट बाहिर ल्याउने काम गर्दछन् ।

जुम्ल्याहाको स्तनपान लगाव

आमाका स्तनहरुमा पर्याप्त दूध बनिरहेको हुन्छ । त्यहि पनि कहिलेकांिहं आमाहरुलाई के गुनासो भैरहन्छ भने उनका बच्चाहरुले पर्याप्त मात्रामा दूध पिउन पाइरहेका छैनन् । त्यसैले आमाले जब–जब स्तनपान गराउँछिन्, त्यो बेला बच्चाको मुख अलि ठूलो बनाएर स्तनको निप्पलको कालो घेरासम्मको भागलाई मुख भित्र पारेर दूध चुसुन् । किनभने भने बच्चाले जब स्तनपान गर्छन्, प्रँयः आमाहरुले बच्चाको मुखमा स्तनको निप्पलमात्र राखिदिन्छिन् ।

त्यसले गर्दा बच्चाले राम्ररी दूध चुस्न पाउँदैन, किनभने आमाको स्तनमा दूध स्तनको कालो घेरा भएको भागमा हुन्छ, निप्पनमा होइन । त्यस्तो बेला जब आमाले बच्चालाई निप्पल चुसाउँछिन्, उसले वास्तविक रुपमा दूध पाइरहेको हुँदैन ।

यो बेला दूध नआइरहेको अवस्थामा गिजाले निप्पलमा टोक्न थाल्छ, जसका कारण आमाको निप्पलमा पीडा हुनसक्छ । र कहिलेकाहिं घाउ नै हुन सक्छ । यसबाहेक आमाले स्तनपानको समयमा के कुरामा ध्यान दिनु पर्छ भने बच्चाको चिउँडोको अघिल्लो भाग स्तनमा टाँसिएको हुनु पर्छ र स्तनपानको समयमा बच्चाको तल्लो ओठ बाहिरतर्फ निस्किएको हुनुपर्छ । यदि आमाले यो तरिका अपनाइन् भने उनका जुम्ल्याहा बच्चाले पर्याप्त मात्रामा दूध पिउन पाइरहन्छन् ।

ध्यान दिनु पर्ने कुराहरु

अधिकांश आमाहरुको गुनासो के रहन्छ भने उनीहरुका जुम्ल्याहा सन्तानमध्ये एउटाले कम पोषण पाइरहेको छ । यसको कारण आमालाई आफ्ना जुम्ल्याहा सन्तानलाई स्तनपानका बारेमा उचित जानकारी नहुनु नै हो, जसका कारण एक जना बच्चाले पर्याप्त दूध पाइरहेको हुन्छ भने अर्को बच्चाले पाइरहेको हुँदैन । त्यस्तो बेला के कुरामा सुनिश्चित हुनु पर्छ भने दुबै बच्चाले पर्याप्त दूध स्तनपानमार्फत पाइरहेका छन् ।

किनभने आमाले आफ्ना जुम्ल्याहा सन्तानलाई अलग–अलग समयमा दूध पिलाउँछिन्, जसले पहिले स्तनपान गर्ने शिशूले स्तनबाट हल्का दूध पाउँछन् भने दोस्रो पटक दूध पिउने शिशूले पोषक तत्वले भरिपूर्ण गाढा दूध पिउन पाउँछन् । त्यसैले दुई मध्ये एक बच्चामा पोषणको कमी हुन सक्छ, जसका कारण आगामी दिनमा ती एक जना बच्चा कमजोर हुन सक्छन् ।

त्यस्ता अवस्थामा जुम्ल्याहा बच्चाहरुकी आमाले दुबैलाई बराबरी तथा पर्याप्त मात्रामा दूध पिलाउनु पर्छ । दुबैलाई १–१ स्तनको पुरै दूध पिलाउने कोशिस गर्नु पर्छ । यसले हल्का तथा गाढा दुबै दूध बच्चाले बराबरी मात्रामा पाउँछन् । हरेक आमाले जुम्ल्याहा बच्चाहरुलाई हरेक २–२ घण्टापछि स्तनपान गराउनु पर्छ । त्यसले उनीहरुको पोषणको आवश्यकताको पूर्ती भैरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment