Comments Add Comment

काठमाडौं उपत्यकासहित देशभर ग्यास वितरण हुँदै (सम्पर्क नम्बरसहित)

Photo Credit : अनलाइनखबर फाइल

२१ चैत, काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्यास उद्योगहरुले शुक्रबार पनि देशैभर ग्यास वितरण गर्दैछन् ।

नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्यासको विवरण सबै उद्योगले निगममा पठाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्यासले २२ वटा डिपोमार्फत् दुई हजार ४० सिलिण्डर ग्यास वितरण गर्दैछ ।

यस्तै, नेपाल ग्यास कम्पनीअन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्यास देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्यास पनि उपत्यकाका ६३ डिपोमार्फत् छ हजार चार सय ८० सिलिण्डर वितरण हुँदैछ ।

यस्तै, उपत्यकासहितका विभिन्न जिल्लाका छ वटा डिलरमार्फत् दुई हजार पाँच हजार ७९ सिलिण्डर एचपी ग्यास पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ । साथै, उपभोक्ताहरुले एलपी ग्यास नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरु

हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८

अन्य नम्बरहरु

९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९

शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment