Comments Add Comment

ओली र प्रचण्डलाई नवल खड्काको खुल्ला पत्र: तपाईहरु महामानव बन्नुहोस्

अभिनेता नवल खड्काले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै खुल्ला पत्र लेखेका छन् । देशमा भइरहेको लुटतन्त्र र जनताले पाइरहेको दुःखको विषयमा उनले प्रधानमन्त्री र प्रचण्डसँग प्रश्न गरेका छन् ।

नेपाली जनतामात्र होइन, सिंगो मानवजती नै अन्त्यन्त पिडामा भएको बखत जुन भ्रष्टचार भयो तयसमा संलग्न हुनेहरु मानव जस्तो नलागेको नवलले लेखेका छन् । उनले थपेका छन्, ‘सारा विश्वका मानवजातीले आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन ।’

नवलले भ्रष्ट व्यक्तिहरुलाई आफ्नो काखी च्यापे अबको दिनमा जनताले कुनै पनि विश्वास नगर्ने चेतावनी पनि दिएका छन् । आफ्नो इतिहासलाई जोगाउन भ्रष्ट व्यक्तिहरुलाई पन्छाउनु पर्ने उनको सुझाब छ ।

हेर्नुहोस् उनले लेखेको खुल्ला पत्र जस्ताको त्यस्तै:

सम्माननीय प्रम ओलिज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू ! नमस्कार

सबैभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईहरु महामानव बन्नुहोस् । ‘भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ भनेर सामाजिक सञ्जाल टनाटन छ । देख्नु भो होला, सुन्नु भो होला । भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघीसक्यो, देख्नु भयो होला । बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो । त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन । जनताहरुले लाठो देखाएपछि रद्ध गरियो । के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं

नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन । राक्षसहरुमा त अलिकति विवेक हुन्छ । सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन । तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ । तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाट तर्फ लाग्छ

हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ । इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ ती सबै नामिटानामेट हुनेछन् । यस्तो हुँदा पनि तपाईहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ

हामी चलचित्रकर्मीले बिशिस्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं । तर तपाईहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ । हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर । तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदाँ तपाईहरु शव्दजाल र मुक भएर बस्न मिल्दैन । त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो । के नैतिकता शेरबहादुर तामामा मात्रै लागू हुने शब्द हो ? यिनीहरुका लागि नैतिकता भन्ने शब्द थिएन ?

यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस् । ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्द्धमृतप्रति जनताको कुनै विश्वास छैन । तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईरुले हेर्नु भएको छ । तर टेर्नु भएको छैन । अब पनि टेर्नु भएन भने के हुन्छ ? विश्वका कैयन भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ । ईतिहास साक्षी छ ।

आदरणीय नेतागण कैयन अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ । मात्रै सम्झाउन खोजेको हुँ । तसर्थ समृद्ध नेपाल सुखि र खुसि नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुने गरि काम गरौं । भष्टाचार रोकौं । संविधान संसोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ । शाशक हैन, जनताको सेवक बनौँ, थोरै समय बाँकी छ यहाँहरु माथि अझैपनि विश्वास रहेको निवेदन गर्दछु– यो यूगको मानव मात्रै हैन महामानव बनिदिनुस् नेपालीको यहि चाहाना छ

चलचित्रकर्मी- नवल खडका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment