+
+
Shares

खैरहनी नगरपालिकाले बाँड्यो २ हजार ८९९ परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १२:१६

२१ चैत, चितवन । चितवनको खैरहनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेका कारण मजदुरी गरी जीवन निर्वाह गर्नेहरु समस्यामा परेपछि गरीब तथा विपन्नको परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो ।

टोल विकास संस्थामार्फत् नगरका १३ वटा वडाबाट दुई हजार आठ सय ९९ घरपरिवारको तथ्यांक संकलन भएको थियो । सोही तथ्यांक अनुसार बिहीबारबाट नगरपालिकाले टोल विकास संस्थालाई राहत वितरणको जिम्मा दिएको हो ।

सामाजिक दुरी कायम राख्दै राहत वितरण कार्य व्यवस्थित बनाउन टोल विकासलाई जिम्मा दिइएको नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताए ।

चार जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर तेल तथा ४ जनाभन्दा माथिका परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर तेल दिनेगरी मापदण्ड बनाइएको छ ।

मापदण्डअनुसार नगरभित्रका दुई हजार आठ सय ९९ परिवारलाई नै राहत वितरण गरिएको नगर प्रमुख चौधरीले बताए ।

राहत वितरणलाई व्यवस्थित बनाउन नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक एव‌ं खैरहनी १ का वडाध्यक्ष भूमिप्रसाद कँडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

नगरपालिकाको वडा नम्बर एकमा दुई सय ६०, दोस्रोमा दुई ६२, तीनका दुई सय ४४, चारका एक सय ७९, पाँचका एक सय ८१, वडा नं‌ ६ का दुई सय ४२ घरधुरीलाई राहत दिइएको छ ।

यस्तै, वडानम्बर सातका एक सय छ, आठका एक सय ९६, वडा नं ९का एक सय ६६, १० का तीन सय ८०, वडा नं.११ का एक सय २१, वडा नं. १२ का एक सय ७१ र १३ का तीन सय ९१ घरधुरीलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरसको सं‌क्रमण हुन नदिन नगरपालिकाले प्रत्येक वडामा किटनाशक विषादी छर्नुका साथै जनचेतना फैलाउने काम पनि गरेको छ।

नगरपालिकाले बैंक तथा वित्तीय संस्था खोल्नका लागि सूचनासमेत जारी गरेको छ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् ।

व्यक्तिगत रकम बैंकमा जम्मा हुँदा दैनिक जीवनयापनमा प्रयोग गर्न नपाएकाले यसको वातावरण बनाउन बैंकहरु खोल्न सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?