
२१ चैत, काठमाडौं । लकडाउन पछि समस्यामा परेका विपन्न परिवारलाई व्यवसायी सुजन ओझाले खाद्यान्न सहयोग गरेका छन् ।
भरतपुरका–१२ का युवा उद्यमी ओझाले २६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउन भएसँगै समस्यामा परेका छन् ।
दैनिक उपभोगीय सामाग्रीहरु समेतको अभाव खेपिरहेका देवघाट क्षेत्रका परिवारलाई ओझाले खाद्यान्न सहयोग गरेका हुन् ।
२६ परिवारलाई एक हप्तालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको ओझाले बताए ।
देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै अन्य वडाहरुमा पनि आफूले सकेको सहयोग गर्ने उनले बताए । उनी स्थानीय व्यवसायी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4