Comments Add Comment

खेल्न नपाउँदा छटपटी भएको छ : प्रिन्स दाहाल

२१ चैत, काठमाडौं । प्रिन्स दाहाल अहिले नेपाली ब्याडमिन्टनमा युवा स्टारको रुपमा चिनिन्छन् । विभिन्न देशमा गएर जुनियर लेभलको सिरिज खेलिसकेका उनले सफलता समेत हात पारिसकेका छन् ।

प्रिन्स अहिले विश्व ब्याडि्मन्टनको जुनियर वरियतातर्फ सातौं स्थानमा छन् । जुन नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धि हो । प्रिन्सले दुई पटक दुबई जुनियर इन्टरनेशनल सिरिज जितिसकेका छन् । केही समयअघि मात्र उनले युरोपमा नेदरल्याण्ड्स । जर्मनीमा गएर सिरिज खेलेर आएका थिए ।

कोरोना भाइरस महामारीको कारण अहिले खेलकुद गतिविधि ठप्प हुँदा अन्य खेलाडी जस्तै उनी पनि घरमै बस्न बाध्य छन् । नेपाल सरकाले घोषणा गरेको लकडाउनका कारण अहिले सबै घरभित्रै छन् । यस अवधिमा कोही पनि घरबाट बाहिर निस्कन मिल्दैन । सबैको लागि यो एकदमै नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, हिँडडुल गर्ने, तालिम गर्ने खेलाडीहरुको लागि त अझै नयाँ हो ।

सधैं खेल्ने खेलाडीलाई घरमै मात्र बस्दा कस्तो अनुभव होला ? घरमै बस्दा अल्छी लाग्ने छटपटी हुने र के गर्ने कसो गर्ने हुने प्रिन्सले बताए ।

यद्यपि पछि खेलमा फर्किँदा आफ्नो फिटनेसलाई खस्किन नदिन उनी दैनिक बिहान र बेलुका घरमै एक्लै भए पनि अभ्यास गरिरहेका हुन्छन् ।

खेलबाहेक उनलाई कुकुर असाध्यै मन पर्छ । त्यसैले केही समय कुकुरसँग पनि बिताउँछन् ।

युथ ओलम्पिक्स खेल्ने र त्यसमा पदक जित्ने लक्ष्य बनाएका १६ वर्षीय प्रिन्स हाल ललितपुरस्थित डाँफे बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनत छन् । सानो उमेरमै ठूलो सफलता हात पारिसकेका प्रिन्स लेफ्टी हुन् ।

उनै  प्रिन्ससँग लकडाउन डायरी, मन पर्ने विभिन्न विषयहरुमा आधारित रहेर गरिएको कुराकानी :

लकडानउमा के-के गरिरहनुभएको छ ?

बिहान ढिलो उठ्छु । २ घण्टा फिजिकल एक्सरसाइज गर्छ । एक छिन कुकुरसँग खेल्छु । अनि आराम गर्छु । बेलुका २ घण्टा त्यही दोहोर्‍याउँछु ।

कोरोनाबाट बच्न के-के गरिरहनुभएको छ ?

नियमित हात धुने गर्छु । अनि घरमै बसिरहेको छु ।

खेल्न नपाउँदा के भइरहेको छ ?

अली छटपटी भएको छ ।

धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ ?

अल्ली दिक्क लाग्ने रहेछ । के गर्ने कसो गर्ने हुने रहेछ ।

घरबाट बाहिर निस्कन नपाउँदा के लाग्छ ?

अल्छी अल्छी लाग्छ ।

मन पर्ने खेलाडी नेपाली ?

रत्नजित तामाङ दाइ, दिपेश धामी दाइ -ब्याडमिन्टन), मनिस डंगोल दाइ, म्याक्स बस्नेत दाइ -बक्सिङ)

मन पर्ने विदेशी खेलाडी ?

लिन डान, ब्याडमिन्टन

आफ्नो खेल बाहिरको मन पर्ने खेल र खेलाडी ?

प्रायः सबै खेल मनपर्छ । फुटबल बढी मन पर्छ । मेसी र रोनाल्डो मन पर्ने खेलाडी ।

टिमको सबैभन्दा नजिकको खेलाडी ?

प्रफुल महर्जन ।

खेलाडी नभएको भए के हुन्थ्यो ?

 के हुन्थें त्यो सोचेको छैन ।

अहिलेसम्मको सम्झन लायक क्षण ?

दुबईमा जुनियर इन्टरनेशनल सिरिज २०१९ मा स्वर्ण जित्दा ।

सबैभन्दा मिल्ने खेलाडी ?

सबैसँग मिल्छु ।

कोही खेलाडीसँग खेल्न मन लागेको तर नपाएको ?

लिन डान ।

मन पर्ने गायक ?

मरुन ५ ।

मन पर्ने गीत ?

मरुन ५ को मेमोरिज ।

मन पर्ने नायक ?

ड्वाने जोनसन (द रक), राजेश हमाल ।

मन पर्ने मुभी ?

मनी हेइस्ट (सिरिज) ।

कुन मोबाइल चलाइरहनुभएको छ ?

आइफोन १० ।

अहिले कुन साधन चढ्नु हुन्छ ?

बाइक र साइकल ।

कुन भिडियो गेम खल्नुहुन्छ ?

अहिले कुनै खेल्दिनँ ।

जान्नुपर्ने, तर नजानेको कुरा ?

स्पिच दिन ।

तत्कालै सिक्न मन लागेको कुरा ?

गिटार ।

तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको साधन ?

सिबिर बाइक ।

तपाईंसँग भएको कुनै महँगो सामान ?

त्यही एउटा आइफोन ।

अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट, कोबाट पाएको ?

दिदीबाट पाएको आइफोन- १० ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment