+
+
Shares

लकडाउनमा पनि रोकिएन खरिद प्रक्रिया, स्वच्छ प्रतिस्पर्धा हुँदैन : निर्माण व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १३:४८

२१ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवधिमा समेत सार्वजनिक निकायहरुले खरिद प्रक्रिया जारी राखेकोप्रति असहमति जनाएको छ । महासं‌घले यसरी गर्दा खरिद प्रक्रिया स्वच्छ नहुने भन्दै असहमति जनाएको हो ।

कोरोना भाइरसको संक्रमणपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १६ चैतमा अति आवश्यकबाहेक सबै खरिद प्रक्रियाको म्याद एक महिना थप गरेको थियो । तर, सार्वजनिक निकायले भने यसबीचमा पनि खरिद प्रक्रिया जारी राखेपछि निर्माण व्यवसायीहरु बिच्किएका हुन् ।

सरकारले थप गरेको म्यादलाई बेवास्ता गर्दै बोलपत्र आहृवान, बोलपत्र खरिद र दाखिला गर्ने तथा कामको सम्झौंता गर्ने लगायतका काम जारी रहेको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

उनले यस अवधिमा हुने खरिद प्रक्रिया पारदर्शी र स्वच्छ नहुने भन्दै त्यस्तो प्रक्रिया रोक्नुपर्ने बताए । लकडाउनको अवधिमा निर्माण व्यवसायी एक स्थानबाट अर्को स्थानमा जान नसक्ने, बैंक ग्यारेन्टी लगायतका काम गर्न नसकिने अवस्थामा खरिद प्रक्रिया रोक्नुपर्ने महासंघको भनाइ छ।

यसैबीच, अर्थमन्त्रालयले बिहीबार सरोकारवाला निकायलाई परिपत्र गरी कोरोना रोकथामका लागि अत्यावश्यक पर्नेबाहेक अन्य खर्च कटौती गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले ती निकायको बजेट रोक्का गर्ने निर्णय गरेको छ ।

निर्माण व्यवसायीले भने लकडाउनको अवधिमा खुलेका सबै खरिद प्रक्रियाको म्याद लकडाउन हटेको न्यूनतम १५ दिन थप हुनुपर्ने व्यवस्थाका लागि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?