+
+
Shares

गुल्मीमा निर्माण व्यवसायीद्वारा २० थान पीपीई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १५:५१

२१ चैत, गुल्मी । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट सतर्कता अपनाउन निर्माण व्यवसायी संघ गुल्मीले २० थान पीपीई सहयोग गरेको छ ।

निर्माण व्यावसायी संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत् गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालयलाई पीपीई उपलब्ध गराएका हुन् ।

सहयोगले सबैलाई ऊर्जा थपेको बताउँदै विपदमा समन्वय सहकार्य गर्ने निर्माण व्यवसायी संघलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले धन्यवाद दिए ।

जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरुमा मनौवैज्ञानिक त्रास सिर्जना भएको थियो ।

जिल्लामा पीपीई अभावलाई न्यूनीकरण गर्न सहयोग गरिएको संघका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?