
२१ चैत, काठमाडौं । कोरोना सम्बन्धी स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु सरकारको विफलता भएको साझा पार्टीले टिप्पणी गरेको छ ।
साझाले शुक्रबार विज्ञप्ति जारी गर्दै इतिहासकै शक्तिशाली भनिएको सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकी संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउनु आपत्तिजनक कदम रहेको बताएको हो ।
२०६९ सालमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि त्यसबेलाको राजनीतिक नेतृत्वले सरकारको नेतृत्व नै तत्कालीन प्रधानन्यायाधीशलाई सुम्पिएको स्मरण गराउँदै साझाले वर्तमान सरकार पनि असफल हुँदै गएको दाबी गरेको छ ।
‘संकट गहिरिँदै र सरकार झन् कमजोर अनि अलोकप्रिय हुँदैजाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस्,’ विज्ञप्तिमा अघि लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4